काठमाडौं, चैत २४ । प्रतिनिधि सभा सदस्य गुरुप्रसाद बरालले नेपालको संविधान र विधिको शासन देशभर उलङ्घन भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यो उल्लङ्घन गर्ने अधिकार सरकारलाई नभएको बताउनुभयो । संविधान प्रदत्त नागरिक अधिकार संरक्षणको लागि सकारकारलाई निर्देशन दिन सभामुखलाई अनुरोध गर्नुभयो । ‘नेपालको संविधान र विधिको शान आज देशभरि उल्लङ्घन भएको छ, यो उल्लङ्घन गर्ने अधिकार सरकारलाई छैन’, उहाँले भन्नुभयो ।
बरालले भदौ २३ र २४ को घटनालाई लिएर सुरक्षा निकाय, राष्ट्रसेवक तथा केपी ओली र रमेश लेखको सन्दर्भमा फरक फरक नजिर बनाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृह मन्त्री रमेश लेखक विरुद्ध लगाइएको झुटा मुद्दा खारेज गर्न माग गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्