जनता टाइम्स

२५ चैत्र २०८२, बुधबार १३:५९

एमाले अध्यक्ष केपी ओलीलाई तत्काल रिहा गर्न सांसद निता घतानीको माग


काठमाडौं, चैत २५ । प्रतिनिधिसभा सदस्य निता घतानीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल हिरासतबाट मुक्त गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले एमाले अध्यक्ष ओलीमाथि राजनीतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा मुद्दा लगाइएको बताउनुभयाे । ‘राजनीतिक प्रतिशोधका आधारमा लगाइएका मुद्दाले राजनीतिक मर्यादा र संविधानको मर्मलाई गम्भीर रूपमा कमजोर बनाउँछ, संविधानको अधिकार र यसको संरक्षणका लागि यो मुद्दा तत्काल फिर्ता गरियोस्,’ उहाँले बैठकमा भन्नुभयो ।

सांसद घतानीले राजनीतिक असहमतिलाई कानुनी कारबाहीको माध्यमबाट दबाउने प्रयासले लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासमा नकारात्मक असर पार्ने धारणा व्यक्त गर्नुभयो ।