जनता टाइम्स

२७ चैत्र २०८२, शुक्रबार १५:१०

उपसभामुख निर्वाचनमा रूबीकुमारी ठाकुरलाई सघाउने रास्वपाको निर्णय


काठमाडौं,चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तावित उम्मेदवार रूबीकुमारी ठाकुरलाई सघाउने औपचारिक निर्णय गरेको छ।

प्रतिनिधि सभाको बैठक बस्नुअघि बसेको रास्वपा संसदीय दलको बैठकले उहाँको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।

आज हुने उपसभामुख निर्वाचनका लागि रूबीकुमारी ठाकुर श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार रहनुभएको छ भने सरस्वती लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिस्पर्धामा हुनुहुन्छ।

संघीय संसद्को कार्यतालिका अनुसार दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट उपसभामुखको निर्वाचन गरिनेछ। त्यसअघि दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकलाई रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।