जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार ११:१०

गृहमन्त्री थापाले प्रहरीलाई दिए यस्तो कडा निर्देशन


काठमाडौं, मंसिर २७

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले नेपाल प्रहरीलाई कडा निर्देशन दिनु भएको छ । उहाले प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिने भएकाले सतर्क हुन निर्देशन दिनुभएको हो ।

कोहलपुर र दशरथ रंगशालामा भएको घटनातर्फ संकेत गर्दै उहाले जिम्मेवार भएर काम गर्न निर्देशन दिनु भएको हो । शुक्रबार १७९ औं ब्याचबाट पास आउट भएका ९१ जना प्रहरी निरिक्षकको दिक्षान्त समारोहमा बोल्दै मन्त्री थापाले प्रहरी जिम्मेवार भएर काम गर्नुपर्ने बताउनु भयो । ‘सानो गल्ती प्रहरी संगठन र सरकारलाई प्रत्युदपादक हुन्छ’, मन्त्री थापाले भन्नुभयो, ‘त्यसैले काम गर्दा जिम्मेवार भएर शान्ति सुरक्षा कायम गर्न ध्यान दिनुहोस् ।’

त्यसैगरी उहाले दिक्षित प्रहरीहरूलाई सम्बोधन गर्दै अधिकृतहरूको तालिममा राज्यले ठूलो लगानी गरेकाले त्यसको प्रतिफल दिनुपर्ने भनाइ राख्नुभयो । उहाले पछिल्लो समय प्रहरीले प्रशंसनिय काम गरिरहेको समेत बताउनु भयो । कार्यक्रममा १८ महिने तालिममा विभिन्न विधामा उत्कृष्ट प्रहरी निरिक्षकहरूलाई पुरस्कृत गरिएको थियो ।