जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार ११:३०

संयुक्त सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न


काठमाडौं, मंसिर २७

बौद्धिक अपांगताका अभिभावक महासंघ, नेपालले संयुक्त सामाजिक लेखा परीक्ष्पण कार्यक्रम सम्पन्न गरेको छ । विहिबार राजधानीमा गरेको लेखा परीक्षण कार्यक्रममा अपांगतासँग सम्बन्धित ८ वटा संस्थाले आफ्नो संस्था स्थापना भएदेखि हालसम्म गरेका सामाजिक कामको प्रतिवेदन सार्वजनिका गरेका थिए ।

लेखा परीक्षण सार्वजनिक गर्ने नेपाल सुस्त श्रवण संघ, अटिजम केयर नेपाल सोसाइटी, श्रुति (राष्ट्रिय सुस्त श्रवण तथा पछि बहिरा भएकाहरु संस्था), राष्ट्रिय अपांग महासंघ नेपाल, नेत्रहीन युवा संघ नेपालले आफूले गरेको कामको सामाजिक लेखा परीक्षण कार्यक्रममा प्रस्तुती दिएका थिए । सय भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा शिक्षक सेवा आयोग पास गरेर पढाउन जाँदा हाजिर गर्न समेत नदिएको गुनासो आएको थियो ।