काठमाडौं, चैत ३० । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार उहाँलाई बिहान करिब ९:३० बजे अपरेसन थिएटरमा लगिएको थियो। उहाँकाे बिहान ११:४५ बजे शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको चिकित्सकहरूले जानकारी दिएका छन्।
डा. अधिकारीले बताएअनुसार अध्यक्ष ओलीको पित्तथैलीमा २३.४ मिलिमिटरको पत्थरी (स्टोन) देखिएको थियो।













प्रतिक्रिया दिनुहोस्