जनता टाइम्स

२ बैशाख २०८३, बुधबार ०७:५८

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै 


काठमाडौं, वैशाख २ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बुधबार बस्दै छ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ।

उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको भए पनि विस्तृत कार्यसूची सार्वजनिक गरिएको छैन।

नेपाली कांग्रेसले आजै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने जनाएको छ। सो विषयमा पनि बैठकमा छलफल हुने नेताहरूले जानकारी दिनुभएको छ।

त्यसैगरी, पार्टीको १५औँ महाधिवेशनको तयारी तथा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा समेत बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।