जनता टाइम्स

२ बैशाख २०८३, बुधबार १३:११

मन्त्री बन्न नपाएको झोकमा गण्डकी प्रदेश सभा सदस्य द्रोणकुमार कुँवरले दिए सांसद पदबाट राजीनामा 


काठमाडौं, वैशाख २ । मन्त्री बन्न नपाएको झोकमा नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य द्रोणकुमार कुँवरले सांसद पदबाटै राजीनामा दिनुभएको छ ।

आज पुनर्गठित मन्त्रिपरिषद्मा जिम्मेवारी नपाएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । उहाँ मन्त्री पदका आकाङ्क्षी हुनुहुन्थ्यो ।

उहाँले प्रदेश सभाका सभामुखलाई सम्बोधन गर्दै लिखित राजीनामा बुझाउनु भएको छ । उहाँले आजैदेखि लागू हुने गरी राजीनामा बुझाउनु भएको हो ।

बागलुङ २ (२) बाट निर्वाचित कुँवरले आफूलाई विश्वास गरी जिताउने मतदाता, शुभेच्छुकप्रति आभार व्यक्त गर्नु भएको छ । आफू कुनै सार्वजनिक पदमा नरहे पनि सेवाको काममा कुनै कमी नआउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।