जनता टाइम्स

३ बैशाख २०८३, बिहीबार १८:२९

रास्वपाको उपनेतामा गणेश, कविन्द्र प्रमुख सचेतक


काठमाडौं, वैशाख ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको उपनेतामा गणेश पराजुली चयन हुनुभएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले उहाँलाई उपनेताको जिम्मेवारी प्रदान गरेको हो।

यसअघि संसदीय दलको नेतामा चयन हुनुभएका बालेन्द्र साह हाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएको छ।

बैठकले संसदीय दलको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ। त्यस्तै सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार चयन हुनुभएको छ।

दलको बैठकले संसदीय गतिविधिलाई प्रभावकारी, व्यवस्थित र समन्वित ढंगले अघि बढाउने उद्देश्यका साथ नेतृत्व तहमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको जनाइएको छ।

नयाँ चयनसँगै संसदीय दलभित्रको कार्यसम्पादन, संसदमा पार्टीको धारणा प्रस्तुत गर्ने शैली तथा संसदीय समन्वय अझ सुदृढ हुने अपेक्षा गरिएको छ।