काठमाडौं, वैशाख ३ । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ टुङ्ग्याउँदै उहाँलाई थुनामुक्त गर्न आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ परेपछि खड्का प्रहरी हिरासतमा रहनुभएको थियो। उहाँकाे पक्राउ विरुद्ध पत्नी विनिता थापाले रिट दायर गर्नु भएकाे थियाे।जसमा स र्वोच्च अदालतले सुनुवाइपछि थुनामुक्तिको आदेश जारी गरेको हो।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उहाँलाई पक्राउ गरेको थियो। त्यसयता उहाँलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।













प्रतिक्रिया दिनुहोस्