काठमाडौं, वैशाख ४ । नेपाली कांग्रेसले प्रतिनिधि सभाअन्तर्गत दुई संसदीय समितिको सभापति निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।
कांग्रेसले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समिति’ को निर्वाचनमा विपक्षी उम्मेदवारलाई मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको हो।
शिक्षा समितिको सभापतिमा नेकपा एमालेका तर्फबाट गुरु बराल उम्मेदवार रहनुभएको छ भने संयुक्त समितिको सभापतिमा नेकपाकी मदनकुमारी शाह उम्मेदवार हुनुहुन्छ।
उता, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिक्षा समितिमा ओजस्वी शेरचन र संयुक्त समितिमा गणेश कार्की उम्मेदवार रहनुभएको छ। सत्तारुढ गठबन्धनसँग करिब दुई तिहाइ मत भए पनि विपक्षी दलहरूले दुवै समितिमा उम्मेदवारी दिएका छन्।
यसैबीच, सार्वजनिक लेखा समितिको सभापति पद भने रास्वपाले कांग्रेसलाई छाडेको छ। उक्त पदमा कांग्रेसलाई एमाले र नेकपाको समेत समर्थन रहेको छ। विपक्षी दलहरूको हिजो बसेको बैठकमा भएको सहमतिअनुसार समितिहरूमा भागबण्डा मिलाएर उम्मेदवारी दर्ता गरिएको हो।













प्रतिक्रिया दिनुहोस्