जनता टाइम्स

४ बैशाख २०८३, शुक्रबार १५:०४

प्रतिनिधि सभाअन्तर्गत शिक्षा समितिमा रास्वपाकी ओजश्वी शेरचन विजयी


काठमाडौँ, वैशाख ४ । प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ओजश्वी शेरचन बहुमतका आधारमा निर्वाचित हुनुभएको छ।

समितिको निर्वाचनमा शेरचन र नेकपा एमालेका उम्मेदवार गुरु बरालबीच प्रतिस्पर्धा भएको थियो। बैठकमा मत गणना नगरी बहुमत–अल्पमतका आधारमा शेरचनलाई विजयी घोषणा गरिएको हो।

समितिमा रास्वपाको एकल बहुमत रहेकाले शेरचनले सहज जित हासिल गर्नुभएको हो। एमालेका बराललाई भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका दलका सांसदहरूले समर्थन गरेका थिए। तर, उक्त समर्थन पर्याप्त नभएकाले उहाँ पराजित हुनुभयो।

यससँगै शिक्षा समितिको नेतृत्व पनि रास्वपाको हातमा गएको छ । सार्वजनिक लेखा समित बाहेक सबै समितका सभापति रास्वपाका सांसद नै हुने भएका छन् ।