पूर्वमन्त्री दिपक खडका जब पक्राउ पर्नुभयो, सिकिस्त बिरामी भएको भन्दै अस्पताल भर्ना गरियो । सर्वाेच्च अदालतले बिहीबार रिहा गर्न आदेश आएपछि हिरासतमुक्त हुनुभएका खडका रोग निको भएर शुक्रबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
काठमाडौं, बैशाख ४ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिपक खडकालाई दुनियाँलाई नै चकित पार्ने रोग लागेको तथ्य उजागर भएको छ । शुक्रवार त्रिबि शिक्षण अस्पतालबाट डिस्चार्ज भएपछि पूर्वमन्त्री खडकामा चाहेको बेला सिकिस्त बिरामी हुने र छिनमै चटक्कै निको हुने रोग लागेको तथ्य बाहिर आएको हो ।
कांग्रेस नेता खडकालाई सरकारले गत चैत १६ गते सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो । पक्राउ परेपछि स्वास्थ्य परीक्षणकै क्रममा सिकिस्त बिरामी देखिनुभएका खडका शुक्रवारसम्म अस्पतालमै रहनुभयो । पूर्वमन्त्री खडकाको पक्राउ नै गैरकानुनी भन्दै बिहीबार सर्वोच्च अदालतले हिरासत मुक्त गर्न आदेश दिएपछि भने उहाँ एकाएक ठीक हुनुभयो । । पूर्वमन्त्री खडका जब पक्राउ पर्नुभयो, सिकिस्त बिरामी भएको भन्दै अस्पताल भर्ना गरियो ।
सर्वाेच्च अदालतले बिहीबार रिहा गर्न आदेश आएपछि हिरासतमुक्त हुनुभएका खडका रोग निको भएर शुक्रबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको यो रोग देखेर चिकित्सक मात्र नभई सवै नेपाली चकित परेका छन ।
‘हिजोसम्म बेडमा पनि उठेर बस्न नसक्ने बिमारी आज एकाएक डिस्चार्ज भएर जानुभयो, हामीले दिनमै पाँच सात पटक चेक जाँच गर्नुपरेको थियो हिजोसम्म,’ जनताटाइम्स डटकमको जिज्ञासामा उपचारमा संलग्न त्रिबि शिक्षण अस्पतालका एक चिकित्सककले भने । बिहीवारसम्म खडकामा बान्तादेखि पखालासम्मको रोग लागेको लागेकै गरेको ती चिकित्सकको भनाई छ । हिरासतमुक्त भएपछि भने उहाँ आज डिस्चार्ज लिएर घर जानुभएको छ ।
खडकामा छिनभरमै बढने र छिनभरमै निको हुने रोगको शिकार भने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हुनुपरेको छ । गुण्डूस्थित निवासबाट पक्राउ गरी काठमाडौं प्रहरीको हिरासतमा राखिएका ओलीको त्रिबि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा स्टोन देखापर्यो । दुई दुई पटक मृगौला प्रत्यारोपण गरेका बृद्ध नेताको १६ एमएमको स्टोन देखेपछि चिकित्सक अत्तालिएर अस्पताल भर्ना गरेरै शल्यक्रिया गर्नुपर्ने बताए ।
सरकारको दवावबीच चिकित्सकले पठाउन नमानेपछि गत सोमवार शल्यक्रिया गरी ओलीको पित्तथैलीमा रहेको स्टोन निकालिएको छ । सरकार बनेकै रात घेरा हालेर चैत १४ गते बिहानीको झिमिसेमै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री ओली गौरीबहादुर कार्की आयोगको सिफारिशका आधारमा ज्यान मुद्धा लगाउन कानूनी आधार नभएको निश्कर्ष र सर्वाेच्च अदालतको आदेशपछि चैत २६ गते नै हिरासतमुक्त हुनुभएको छ । तर उहाँ अझै अस्पतालको बेडमै रहनुभएको छ ।
अप्रेशनपछि बिहीवार मात्रै उहाँलाई वार्डमा सारिएको छ तर ज्वरो बढेपछि चिकित्सकको निगरानीमै राखिएको छ । चैत २६ गते हिरासत मुक्त भएर पनि अझै अस्पतालमा रहनुभएका बिरामी ओलीले पूर्वमन्त्री दिपक खडकाको बिरामीको नाटकको शिकार भई सामाजिक सञ्जालमा गाली खानुपरेको छ । भिआइपी पक्राउ पर्नसाथ अस्पताल भर्ना हुने के रोग लाग्छ भन्दै चर्काे आलोचनासमेत भएको छ । ओली भने आफ्नो चाहना नभई चिकित्सकले अप्रेशन गर्नुपर्ने जनाएर भर्ना गरी राख्दा पनि अरुको गलत कामको आरोप खेप्न बाध्य हुनुपरेको हो ।
नेपालमा धन भएका र प्रभावशाली ब्यक्तिहरू पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने र त्यहाँ विभिन्न विरामको कारण देखाउँदै बस्ने प्रबृत्ति बिगतमा पनि रहेको कारण आलोचना हुँदै आएको छ । यस प्रबृत्तिलाई हिरासत छल्न अस्पताल प्रयोग गरेको रुपमा बुझ्ने गरिएको छ । जस्को शिकार साँच्चीकै बिरामीले पनि हुनुपरिरहेको छ ।
एमाले अध्यक्ष ओली दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका, इम्युनोसप्रेसन औषधि खाइरहेका, हाइपरटेन्सन, डायबिटिज, थाइराइड जस्ता दीर्घरोगबाट पीडित हुनुहुन्छ । पक्राउपछि उहाँमा मुटुको धड्कन बढ्ने, पित्तथैलीमा पत्थरी, पेट दुखाइ जस्ता लक्षण देखिएको थियो ।
ओली पहिलेदेखि नै विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त भएकोले अस्पतालमा चिकित्सकको निगरानीमा रहनु पर्ने नै अवस्था थियो । हिरासत मुक्त भएपछि अहिले पनि उहाँ पथ्थरीको अप्रेसन गरेर अस्पतामै उपचाररत छन् ।













प्रतिक्रिया दिनुहोस्