जनता टाइम्स

४ बैशाख २०८३, शुक्रबार १९:५२

प्रधानमन्त्रीसँग कुरा गर्न मन्त्रीलाई अलग्गै फोन, सरकारी खर्चमा किनियो पछिल्लो संस्करणको आइफोन


काठमाडौं, बैशाख ४ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूसँग गोप्य संवादका लागि छुट्टै मोबाइल सेट र सिमकार्डको व्यवस्था गर्नुभएको छ । सुरक्षा संवेदनशीलता र गोपनीयता कायम राख्न भन्दै प्रधानमन्त्री बालेनले मन्त्रीहरूलाई सरकारी खर्चमा आइफोनको ब्यवस्थासहित सार्वजनिक नम्बरको सट्टा गोप्य सेट प्रयोग गर्न निर्देशन दिनुभएको हो ।

‘हामी के काम गर्दैर्छाैं भन्ने कुराको सूचना कँहीकतै लिक हुनुहुन्न, सवै कुरामा गोपनीयता हुनुपर्छ’ भन्दै प्रधानमन्त्री बालेनले मन्त्रीहरूलाई आफूसँग कुरा गर्न अलग्गै नम्बरको ब्यवस्था गर्नुभएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री बालेनले सल्लाहकार टीमको सुझावको आधारमा यस्तो निर्णय लिनुभएको हो ।

‘मसँग कुरा गर्न राखेको तपाईंहरूको फोन नम्बर अरु कसैसँग हुनुहुन्न, गोप्य फोन नम्बर मसँग मात्रै कुरा गर्ने हो,’ प्रधानमन्त्रीको निर्देशन उधृत गर्दै स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री बालेन र मन्त्रीहरूबीच सम्पर्कका लागि मात्रै प्रयोग गर्ने गरी सरकारी खर्चमा आइफोन र गोप्य नम्बर प्रयोग गर्न लागिएको हो ।

सो नम्बर परिवारका सदस्य र आफन्तलाई पनि जानकारी नदिन भनिएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो । प्रधानमन्त्री बनेपछि पनि बालेनले गोपनीयता कायम राख्ने भन्दै आफूसँग कुरा गर्न अलग्गै फोन राख्ने ब्यवस्था गर्नुभएको हो । प्रधानमन्त्रीको निर्देशनपछि सबै मन्त्रीहरूले गोप्य फोन राखेका छन् । उनीहरूसँग मोबाइल सेट पनि भिन्नै छ ।

मन्त्रीहरूले अतिरिक्त बोक्ने गरेको मोवाइल सेट आइफोनको पछिल्लो संस्करण रहेको समेत स्रोतले बताएको छ । सो फोनको नेपाली बजार मूल्य करिब एक लाख ८० हजार पर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री बालेनको निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलाई नयाँ मोबाइल सेट र सिम किनिदिएर गोपनीयताका लागि अलग्गै फोन राखेका हुन्

मन्त्रीहरूले अतिरिक्त बोक्ने गरेको मोवाइल सेट आइफोनको पछिल्लो संस्करण रहेको समेत स्रोतले बताएको छ । सो फोनको नेपाली बजार मूल्य करिब एक लाख ८० हजार पर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री बालेनको निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलाई नयाँ मोबाइल सेट र सिम किनिदिएर गोपनीयताका लागि अलग्गै फोन राखेका हुन ।

सुरक्षा संवेदनशीलता, गोपनीयता र छिटोछरितो सम्पर्कका लागि सरकारी खर्चमा मोवाइलको ब्यवस्था गरिएको जिकिर प्रधानमन्त्रीको रहेको छ । सार्वजनिक रुपमा प्रयोग हुने नम्बरबाट मन्त्रीहरूका गोप्य कुराकानी सार्वजनिक हुने, विवादास्पद अभिव्यक्तिहरू रेकर्ड हुने, अनेकन सूचना चुहिने खतरा रहेको कारण जनाएर यो ब्यवस्था गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि गोपनीयताकै कारण देखाउँदै लिफ्टसमेत छुट्टै प्रयोग गर्नुभएको थियो । सो लिफ्ट उहाँले मेयरबाट राजीनामा दिनसाथ कार्यबहाक प्रमुख बन्नुभएकी सुनिता डंगोलले जनप्रतिनिधिको गोप्य राख्नुपर्ने कुरा केही हुन्न भन्दै सर्वसाधरणका लागि खुल्ला गर्नुभएको थियो ।