जनता टाइम्स

२८ बैशाख २०७६, शनिबार १४:१७

तीन दिनसम्म मुलुकभर हावाहुरी र चट्याङसहित वर्षा


काठमाडौं, बैशाख २८

मौसम बिज्ञान बिभागले आजदेखि सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने जानकारी दिएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, भोलि आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुनेछ ।

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुने मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो । ‘केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना रहेको छ,’ पोखरेलले भन्नुभयो ।