जनता टाइम्स

५ बैशाख २०८३, शनिबार १०:५९

वाम एकताको नाममा स्वार्थी समूह स्वीकार्य छैन : विजय सुब्बा


काठमाडौं, वैशाख ५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता विजय सुब्बाले वाम एकताको नाममा स्वार्थ प्रेरित र सङ्कीर्ण समूहहरूसँग सहकार्य नगर्ने धारणा सार्वजनिक गर्नुभएको छ।

उहाँले  विगतका राजनीतिक अनुभवहरूबाट धेरै कुरा सिकिएको उल्लेख गर्दै अब कुनै पनि ‘घातक, स्वार्थी र सङ्कीर्ण झुन्ड’लाई सहन नसकिने बताउनुभएकाे छ। ‘सबैलाई चिनियो, सङ्गत गरियो र काबु भइयो’, उहाँकाे भनाइ छ ।

नेता सुब्बाको यो धारणा पछिल्लो समय पुनः उठिरहेको वाम एकताको बहससँग जोडिएको रूपमा हेरिएको छ। विभिन्न कम्युनिष्ट शक्तिहरूबीच एकताको चर्चा भइरहेका बेला उहाँको अभिव्यक्तिले सम्भावित सहकार्यका सर्तहरूबारे स्पष्ट सन्देश दिएको विश्लेषण गरिएको छ।

उहाँको भनाइलाई वामपन्थी शक्तिहरूबीचको एकता केवल नारामा सीमित नभई सिद्धान्त, विश्वास र पारदर्शितामा आधारित हुनुपर्ने सन्देशका रूपमा बुझिएको छ।