काठमाडौं, वैशाख ५। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का ले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बोलाउनुभएको छ।
उहाँले पूर्वसभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरूसँग छलफलका लागि बैठक आह्वान गर्नुभएको हो। उक्त बैठक भोलि बिहान ११ः४५ बजे बस्ने तय भएको छ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट बनेकाे गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि खड्का अहिले आफू निकट शीर्ष नेताहरूसँग आन्तरिक परामर्शमा जुट्नुभएको हो।
यद्यपि, उक्त बैठकमा डा. शेखर कोइराला निकट नेताहरू सहभागी नहुने जनाइएको छ।
पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमका बीच खड्काको यो पहललाई कांग्रेसभित्रको शक्ति सन्तुलन र भावी रणनीतिसँग जोडेर हेरिएको छ। यसबाट कांग्रेसमा विभाजनकाे संकेत देखिएकाे छ ।













प्रतिक्रिया दिनुहोस्