काठमाडौं, वैशाख ५। हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख ढलेर टेम्पोमाथि खस्दा दुई जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शनिबार जलेश्वरस्थित प्रकौली आर्मी क्याम्प अगाडि अचानक आएको हावाहुरीले ठूलो रुख ढाल्दा सडकमा गुडिरहेको टेम्पोमाथि खसेको थियो। सो क्रममा रुखमुनि च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका तीन जनालाई नेपाली सेनाले तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। मृतक र घाइतेहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।













प्रतिक्रिया दिनुहोस्