काठमाडौं, वैशाख ६ । राष्ट्रिय युवासंघमा आबद्ध निराजन पौडेल पक्राउ पर्नु भएकाे छ । उहाँमाथि अभद्र व्यवहारकाे मुद्दा लागेकाे छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार विभिन्न अभियोगमा मौखिक तथा लिखित उजुरी परेपछि उहाँ पक्राउ पर्नुभएको हो । उहाँका अनुसार ज्यानमार्ने उद्योग, हातहतियार तथा अभद्र व्यवहारका विभिन्न घटनामा उहाँको संलग्नता देखिएको छ ।
प्रवक्ता भट्टराईका अनुसार पौडेललाई प्रहरीले बिहीबार बालुवाटार क्षेत्रबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा उहाँले आफू ठेक्कापट्टाको काम गर्ने बताउनुभएको छ ।
प्रहरीका अनुसार उहाँ विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहसँग आवद्ध रहेको तथा सार्वजनिक शान्ति खलल पार्ने गतिविधिमा सक्रिय रहँदै आएको प्रारम्भिक निष्कर्ष रहेको छ ।
पौडेलविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको र अन्य आरोपसम्बन्धी अनुसन्धान जारी रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्