काठमाडौं, वैशाख ६। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्र बृहत्तर एकताको वातावरण निर्माण गर्न पहल सुरु गर्नुभएको छ।
आइतबार साँझ उहाँले निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग भेट गरी पार्टीभित्र देखिएको बेमेल हटाउने विषयमा संवाद गर्नुभएको हो। भेटमा पार्टीभित्रको आन्तरिक समन्वय, सहकार्य र एकताको आवश्यकता बारे छलफल भएको बताइएको छ।
सभापति थापाले आगामी १५औँ महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने लक्ष्यसहित आम कार्यकर्तालाई एकजुट हुन आह्वान गर्नुभएको छ।
पार्टीभित्र देखिएको मतभेदलाई संवादमार्फत समाधान गर्दै संगठनलाई थप मजबुत बनाउने दिशामा नेतृत्वले पहल थालेको रूपमा यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।














प्रतिक्रिया दिनुहोस्