काठमाडाैं, वैशाख ८ । उदयपुरकाे चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका छन् । आगलागीमा परी अस्मिता खड्का घाइते हुनुभएकाे छ र उहाँको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान करिब पौने ३ बजे लक्ष्मीनारायण खड्काको घरबाट आगलागी सुरु भएको हो । आगोले लक्ष्मीनारायणको घरसहित रबिनकुमार दास र सकलदेवको घरसमेत जलेर नष्ट भएको छ ।
आगलागी भएको समयमा घरभित्र रहेका व्यक्तिहरू सुतिरहेका थिए । घटनाको कारण तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्