काठमाडौं, वैशाख ८ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहको झगडामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार १८ वर्षीय उज्जल सायरको हत्या भएको हो । गाउँमा आयोजित विवाह कार्यक्रममा विवाद हुँदा सायरमाथि चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ । सोमबार राति करिब साढे १ बजेतिर विवाद चर्किँदा धारिलो हतियार प्रहार भएको थियो ।
गम्भीर घाइते भएका सायरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको छातीमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्