काठमाडौं, वैशाख ८ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले वर्तमान विवादको परिस्थितिमा मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने धारणा राख्नुभयो । सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा तानिनुभएको छ ।
यस सन्दर्भमा साम्पाङले भन्नुभयो, ‘उहाँको जहिल्यै पनि नयाँ–नयाँ कुरा सुनिराखिन्छ, त्यस्तो नहुँदा राम्रो हुन्थ्यो, तर हप्तामा दुई–तीन पटक फरक–फरक कुरा सुनिन्छ त्यसैले मार्गप्रशस्त गर्नु नै राम्रो हुन्छ ।’
उहाँले सरकारप्रति आफू नजिकबाट प्रश्न गर्ने, आवश्यक सहयोग गर्ने र आवश्यक पर्दा आलोचना गर्ने भूमिकामा रहने स्पष्ट पार्नुभयो ।
उहाँले सरकारलाई नागरिककाे घाँटि ननिमोठ्न पनि सुझाव दिनुभयाे । गरिखाने जनतालाई गरिखान दिनु पर्ने उहाँकाे धारणा छ । मानिसले भात खानकाे लागि दु:ख गरिहेकाे बताउँदै सानाे दाेकान गर्ने नागरिकलाई नलखेट्न सुझाव दिनुभयाे । ‘सरकारले धेरै साेचेर अगाडि बढ्नु पर्छ’, उहाँले भन्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्