काठमाडौं, बैशाख ८ । सुशासन र पारदर्शीताको प्रश्न उठाएर चुनावमा दुईतिहाई नजिकको जीत निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकपछि अर्काे निरंकुश काम गर्न उद्धत बनेको तथ्य खुलेको छ । यही क्रममा रास्वपाले प्रतिनिधि सभा बैठकको फोटो, अडियो र भिडियो रेडर्क गर्न समेत नपाइने नियम बनाएको छ ।
प्रतिनिधि सभाको सभामुख रास्वपाका कार्यबहाक सभापति डिपी अर्याल हुनुहुन्छ । उहाँकै योजनामा प्रतिनिधि सभाको बैठकमा अबदेखि फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।
नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ । सो नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम (ट)मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’
प्रतिनिधि सभाको यसअघिको कार्यसञ्चालन नियमावलीमा यो व्यवस्था थिएन । रास्वपाका सांसदहरू जिस्किएको, बैठकभन्दा हसीमजाकमै ध्यान दिने गरेको, बिषयगत रुपमा बोल्ने क्षमता नै नभएको तथ्य पहिलो बैठकमै उजागर भएपछि रास्वपाले संसदमा यस्तो ब्यवस्था गरेको हो ।
यो ब्यवस्थाले बिगत लामो समयदेखि संसद बैठकको प्रत्यक्ष प्रशारण हुने गरेकोमा त्यो समेत रोकिने छ । यो कामले रास्वपाको नियत नै खराव रहेको बिज्ञहरूको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्