काठमाडौं, वैशाख ९ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले कम्युनिष्ट आन्दोलन आत्मसमीक्षा र सुधारबिना अघि बढ्न नसक्ने बताउनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको ७७ औँ वर्षगाँठको अवसरमा सम्पूर्ण वामपन्थी समुदायलाई शुभकामना व्यक्त गर्दै उहाँले सन् ९० को दशक विश्व कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण रहेको स्मरण गर्नु भएकाे छ । उहाँले उक्त कठिन घडीमा जननेता मदन भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आन्दोलनलाई संकटबाट जोगाउनुभएको धारणा राख्नुभएको छ।
साथै, उहाँले सोही समयका केही समकालीन नेताहरूको अवस्था भने भिन्न दिशामा गएको उल्लेख गर्नुभयो। यस सन्दर्भमा उहाँले रोबर्ट मुगाबेको उदाहरण दिँदै नेतृत्वले समयअनुसार आफूलाई सुधार्न नसके नकारात्मक परिणतिमा पुग्न सक्ने संकेत गर्नुभएको छ।
उहाँका अनुसार इतिहासबाट पाठ सिक्दै आन्दोलनलाई सुदृढ बनाउने जिम्मेवारी वर्तमान पुस्तामाथि रहेको छ। ‘सच्चिन र सच्याउन तयार नभई केवल इतिहास दोहोरिने प्रतीक्षा गर्नु पर्याप्त हुँदैन,’ उहाँको भनाइ छ ।
कम्युनिष्ट आन्दोलनले आगामी दिनमा नयाँ चुनौतीहरूको सामना गर्न आत्मसमीक्षा, सुधार र व्यवहारगत परिवर्तन आवश्यक रहेको उहाँले जोड दिनुभएको छ।













प्रतिक्रिया दिनुहोस्