काठमाडौं, वैशाख ९ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकताबद्ध भएर १५ औँ महाधिवेशनमा जाने विश्वास व्यक्त गर्नुभएको छ।
विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीका सबै नेताहरूसँग निरन्तर संवाद भइरहेको बताउनुभयो। पार्टीभित्र व्यापक एकताको पहल भइरहेको र सबै मिलेर आगामी महाधिवेशनतर्फ अघि बढ्ने वातावरण बनाउने प्रयास भइरहेकाे उहाँले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो, ‘पार्टीको अहिलेको अवस्थालाई मध्यनजर गर्दै सबै साथीहरूले यसलाई बुझ्नुहुन्छ, हामी सबै मिलेर १५औँ महाधिवेशनतर्फ जान्छौँ, त्यसका लागि सबैसँग संवादमा छु।’
उहाँले संविधान कार्यान्वयन, सुशासन र जनतासँग सम्बन्धित विषयमा कांग्रेसले सरकारलाई समर्थन र साथ दिने बताउनुभयो। सरकारका काममाथि प्रश्न उठाउँदा तथ्यमा आधारित भएर गर्ने स्पष्ट गर्नुभयो। उहाँले भन्नुभयो, ‘जहाँ संविधान कार्यान्वयन, विधिको शासन र लोकतन्त्रका आधारभूत विषयमा सरकार चुक्छ त्यहाँ नेपाली कांग्रेस दृढतापूर्वक उभिन्छ।’
भदौ २४ को घटनाबारे उहाँले तत्काल न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने कांग्रेसको अडान रहेको जानकारी दिनुभयो। राज्यका निकायहरूले कानुनको पालना गर्नुपर्नेमा जोड दिँदै उहाँले कानुन उल्लङ्घन वा लहडका आधारमा निर्णय हुँदा लोकतन्त्र कमजोर हुने बताउनुभयाे ।














प्रतिक्रिया दिनुहोस्