काठमाडौं, बैशाख १० । सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुम्वासी हटाउनेबारे सरकारले कुनै निर्णय नगरेको बताउनु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर शनिवार र आइतवार सुकुम्वासी बस्ती हटाउन निर्देशन दिएको भोलिपल्ट सरकारका प्रवक्ताले यसबारे कुनै निर्णय नभएको बताउनु भएको हो ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकपछि शिक्षा मन्त्रीसमेत रहनुभएका बालेन सरकारका प्रवक्ता पोखरेलले सुकुम्वासी बस्ती हटाउने बिषयमा हालसम्म कुनै निर्णय नभएको बताउनु भयो ।
‘मन्त्रिपरिषद्बाट सुकुम्वासी हटाउनबारे कुनै निर्णय भएको छैन,’ पत्रकारको प्रश्नमा प्रवक्ता पोखरेलले भन्नुभयो । प्रवक्ता पोखरेलको यो भनाई सुरक्षा निकायका प्रमुखहरूलाई बुधवार साँझ प्रधानमन्त्री बालेनले दिनुभएको निर्देशन भन्दा ठीक बिपरित रहेको छ ।













प्रतिक्रिया दिनुहोस्