काठमाडौं, बैशाख १० । सरकारले मन्त्रिपरिषदको निर्णय उल्ट्याउँदै प्रहरी तालिम केन्द्र यथावत राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले बिहीवार मन्त्रिपरिषदको बैठकबाट पूर्वनिर्णय उल्ट्याएको हो ।
बालेन सरकारले नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयलाई उपलब्ध गराउने निर्णय फिर्ता लिएको हो । मन्त्रिपरिषदले प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने आठ बर्ष अघिको निर्णय उल्ट्याउँदै सो जग्गा प्रहरी प्रशिक्षण प्रतिष्ठानकै हुने निर्णय गरेको छ ।
बिसं ०७५ साल भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरी प्रतिष्ठानको जग्गा राष्टपति कार्यालयलाई उपलब्ध गराई तालिम केन्द्र काभ्रेमा सार्ने निर्णय गरेको थियो । आठ बर्षपछि निर्णय उल्टिएको छ ।
‘नेपाल सरकार, मन्त्रिपरिषदको २०७५ भदौ २१ को निर्णयबमोजिम महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा (११४-३-०-०) राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने,’ बिहीबार (वैशाख १०) बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।
सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले आवश्यकताको आधारमा यस्तो निर्णय लिइएको बताउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्