जनता टाइम्स

१० बैशाख २०८३, बिहीबार १७:३५

सरकारले गर्याे संसद् अधिवेशन स्थगित गर्ने निर्णय, राष्ट्रपतिद्वारा संघीय संसद्का दुवै सदनका अधिवेशन स्थगित 


काठमाडौं, वैशाख १०।  सरकार र मन्त्रीहरूको विभिन्न विषयमा चौतर्फी आलोचना बढिरहेको बेला सरकाले संसद् अधिवेशन रोक्ने निर्णय गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएसँग संघीय संसद्का दुवै अधिवेशन स्थगित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन स्थगित गरेको राष्ट्रपतिकाे कार्यालयले जनाएको छ ।

सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि सङ्घीय संसद्को  दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको थियो। सो अधिवेशन रोक्न आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो । सरकारले स्थगित गर्न पठाएको पत्रमा अधिवेशन कहिले आह्वान गर्ने भन्ने मिति समेत उल्लेख गरिएको छैन ।