काठमाडौं, बैशाख १० । सरकारको काम कार्वाहीलाई लिएर शीतलनिवास र सिंहदरवारबीच दुरी ह्वात्तै बढेको छ । सरकारले केटाकेटी पारा देखाएर आफूलाई बदनाम र बिवादित बनाउने काम गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग आक्रोशित बन्नुभएको हो ।
शीतलनिवास स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार सरकारलाई सकेसम्म सहयोग गर्ने र बिकाशसँगै जनताले परिवर्तनको अनुभूति हुने गरी परिवर्तन गर्ने बिश्वासमा रहनुभएका राष्ट्रपति पौडेले बिहीवारको घटनापछि निकै बिच्कनुभएको छ ।
सरकारले संसदको अधिवेशन आह्वान र स्थगनको बिषयमा २४ घण्टाभित्र फरक फरक निर्णय गरेर आफूलाई बदनाम गरेको भन्दै राष्ट्रपति पौडेल बिच्किनुभएको हो । सो बिषयमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारप्रति कडा आक्रोश पोख्नुभएको स्रोतको भनाई छ ।
२४ घण्टाको बीचमा दुई परस्पर बिरोधी सिफारिश आएपछि केटाकेटीको भाँडाकुटी खेल हो ? के सोचेको …? भन्दै राष्ट्रपति पौडेल निकै रिसाउनु भएको शीतलनिवास स्रोतले जनताटाइम्स डटकमलाई बतायो । स्रोतका अनुसार राष्ट्रपति पौडेलले आफूलाई अपमानित हुने गरी सरकारबाट सिफारिश आएको भन्दै तितो बाक्य प्रयोग गर्नुभएको छ ।
सरकारले बैशाख १७ गते संसदको अधिवेशन आह्वान गर्ने सिफारिश गरेको आधारमा अधिवेशन आह्वान गरेकै भोलिपल्ट हतार हतार निर्णय गरी अधिवेशन स्थगित गर्न सिफारिश गरेको थियो । राष्ट्रपति पौडेलले बुधवार बैशाख १७ गते बस्ने गरी संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकोमा बिहीवार नै स्थगितको सिफारिश गएको थियो ।
सो सिफारिश सुन्नसाथ राष्ट्रपति पौडेल झोक्किनु भएको स्रोतले बतायो । ‘सम्माननीयज्यू यतिसारो रिसाको देखेकै थिइएन, के सोधेको छ…ले भन्दै कडा आक्रोश पोख्नुभयो । उहाँले अन्तिम पटकका लागि यस्तो काम गर्ने जनाउ सरकारलाई दिएर अधिवेशन स्थगितमा सहमति जनाउनु भएको छ,’ जनताटाइम्स डटकमसँग स्रोतले भन्यो ।













प्रतिक्रिया दिनुहोस्