जनता टाइम्स

११ बैशाख २०८३, शुक्रबार ०९:४१

बालेन सरकारप्रति रहेन आफ्नैको बिश्वाश, सत्तारुढ दलकै सांसद माग्न थाले न्याय


काठमाडौं, बैशाख ११ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरु नै बालेन सरकारले जनतालाई न्याय दिन नसकिरहेको बुझाइमा पुगेको तथ्य उजागर भएको छ ।

रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह बालेन नेतृत्वको सरकारले निर्माणभन्दा बिनास पहिला, सहमति भन्दा प्रतिशोध पहिला भन्ने सिद्धान्त बनाएको बेला सोही दलका सांसदहरु सरकार न्याय देऊ भन्दै सडकमा उत्रन थालेपछि यो तथ्य सहतमा आएको हो ।

यही क्रममा रास्वपा सांसद रिमा बिश्वकर्मा सडकमा मात्र होइन प्रधानमन्त्री बालेनको ध्यानाकर्षण गराउन सामाजिक सञ्जालबाट पनि बालेन सरकारसँग न्याय माग्नुभएको छ । अन्तर जातीय बिवाहका कारण पक्राउ परी सिन्धुली प्रहरीको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणलाई लिएर सांसद रिमाले बालेन सरकारसँग न्याय माग्नुभएको हो ।

सांसद रिमाले फेसबुकमा लेख्नुभएको छ, ‘एकातिर दलित समुदायसँग क्षमायाचना अर्कोतिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित) नागरिकको शंकास्पद मृत्यु ! न्याय देऊ सरकार !’ रिमाको यो भनाईले रास्वपाभित्रको बदमासीपनसमेत उजागर गरेको छ ।