सुकुम्वासी बस्तीमा डोजर चलिरह्यो, त्यही आसाको किरण भने मरेन । खुला आकाश मुनी कोक्रोमा नानीसँगै सुकुम्वासीका ग्याँसको चुलो भने बलिरह्यो । यो दृश्यले मैले जितेँ नि भन्दै प्रधानमन्त्री बालेनको अनुहारमा चमक छाइरह्यो होला सायद ।
हरदम कोइराला/काठमाडौं। प्रधानमन्त्र बालेन्द्र शाह बालेनको निर्देशनमा शनिवार बिहान झिसमिसेमै काठमाडौंको शंखमुलस्थित सुकुम्वासी बस्तीमा डोजर चल्यो ।
सुरक्षा निकायका प्रमुखहरूलाई बुधवार साँझ बोलाएर आइतवारभित्र उपत्यकाका सबै सुकुम्वासी बस्ती खाल गर्न निर्देशन दिनुभएका प्रधानमन्त्री बालेनले चौतर्फी विरोधको कुनै वास्ता नगर्दै बस्ती हताएरै छाडने अडानका साथ शनिवार बिहान ४ बजे नै ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गराउनु भयो । बस्तीमा रहेका नागरिक भन्दा प्रहरीको सङ्ख्या धेरै भएपछि पछिपछि डोजर अघि बढ्यो । प्रहरी अघिअघि–डोजर पछिपछि गर्दै बस्ती भत्काउने काम गरियो ।
बस्ती खाली गर्दा कोठा पाएका र वास्तविक सुकुम्वासी नभएकाहरू राती नै घर–टहरा खाली गरेर हिँडिसकेका थिए । जो वास्तविक रूपमा सुकुम्वासी थिए, उनीहरू त्यहीँ भेटिए । नभेटिउन् पनि कसरी ? उनीहरूको जाने ठाउँ कतै थिएन । सरकारसँग हारगुहारमा दुई दिन बिताएका सुकुम्वासी शनिवार बिहानसम्म आइपुग्दा अव केही नलाग्ने रहेछ, कुरा सुन्ने प्रधानमन्त्री र पार्टी होइन रहेछ भन्ने निष्कर्षमा पुगिसकेको मुहारभावले प्रष्ट देखाइरहेको थियो ।
यही थकित, अपहेलित अनि त्रसित सुकुम्वासीको मुहारभाव पढेसँगै डोजर चलाइयो । सरकारले थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासी बस्ती खाली गर्ने सूचना जारी गरी शनिबारदेखि डोजर चलाएर संरचना भत्काउन थालेको हो । डोजर चल्दाको दृश्य झनै कारुणिक देखियो । थापाथलीमा डोजर चलेपछि केही सुकुम्वासीहरू खाना पकाएर बाहिर बसेका छन् र एक आमाले कोक्रोमा बच्चा राखिरहेका थिए ।
एक आमाले कोक्रोमा आफ्नो बच्चालाई राखेको दृश्यले मन हुनेहरूलाई रुवाइरहेको थियो । धेरैको मन पनि तान्यो । तर सत्तामा बस्नेहरूको सफलता यही नै थियो । प्रधानमन्त्री बालेन सफल भए त भन्दै दृश्य देख्नेहरू व्यङ्ग्य गरिरहेका थिए । मानव अधिकार हननको यस्तो कारुणिक दृश्य बिरलै देख्न पाइन्छ । यही दृश्यमा रमाएर बालेन सरकारले थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासी बस्तीमा बनेका संरचनाहरू शनिबार बिहानैदेखि भत्काइरहेको छ ।
बालेनको इगो जिताउन बस्तीमा डोजर चलिरह्यो, त्यही आसाको किरण भने मरेन । खुला आकाशमुनी कोक्रोमा नानीसँगै सुकुम्वासीका ग्याँसको चुलो भने बलिरह्यो । यो दृश्यले मैले जितेँ नि भन्दै प्रधानमन्त्री बालेनको अनुहारमा चमक छाइरह्यो होला सायद ।
दृश्यहरू देख्दा मन थाप्न सकिने खालका थिएनन्, कोक्रोमा बच्चा सुताइरहेको, रोइरहेको, खुला आकाशमुनि चुलो बलिरहेको अनि अपमानित, अपहेलित बनेको थकित र आक्रोशयुक्त अनुहारले आँखा एकाएक रसाएर आउने गर्थ्यो । तर प्रधानमन्त्री बालेनले यस्तो पीडा हेर्न त के सुन्न पनि चाहनु भएन । सुकुम्वासी बस्तीमा रहेकाहरूलाई नलखेट्दासम्म आफ्नो अपमान महसुस गरिरहनु भएको प्रधानमन्त्री बालेनले बस्तीमा डोजर चलेपछि भने निकै मुस्कुराहटका साथ बिहानीको चिया पिउनु भयो । बल्ल जिते भन्दै शान्तिको सास फेर्नुभयो भन्ने यी दृश्यहरूले अनुमान गर्न सहज बनाएको छ ।
प्रधानमन्त्रीको शपथमा छोरी देख्नसाथ फुत्तै उठेर अँगालोमा बेर्नुभएका बालेनले म मेयर हुँदा रोकियो, आज त प्रधानमन्त्री छु, कसले रोक्न सक्छ भन्दै बिहानै डोजर चलाएर आफ्नै छोरी उमेरका बालबालिकालाई पुलिस लगाएर उत्कृष्ट सहयोग गर्दै सडकसम्म पुर्याइदिए । उनीहरू गरिब हुन? त्यसैले मायाको हकदार छैनन् भन्ने हिन्दी सिनेमालाई प्रधानमन्त्री बालेन होइन, बालेनभित्र जवर्जस्त हाबी रहेको कलाकार बालेनले रिलबाट रियलमा उतारिदिनुभयो ।
सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुम्वासी बस्ती खाली गराउन लागेको हो । थापाथलीमा बिहानैदेखि डोजर चलिरहेको छ भने सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा पनि धमाधम बस्ती खाली गराइरहेको छ ।





























प्रतिक्रिया दिनुहोस्