काठमाडौं, बैशाख १२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिजयको सुकुम्वासी बस्ती खाली गर्न सफल भएँ भन्दै खुसी मनाउनु अघि भविश्यमा आउने जटिल समस्यातिर पनि ध्यान दिन प्रधानमन्त्रीलाई सुझाउनु भएको छ ।
विश्वास टुटेका मानिसहरूको विद्रोह कति विस्फोटक हुन्छ भन्ने कुरा बताइरहनु पर्दैन भन्दै एमाले महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई सचेत गराउनु भएको हो । शरकारले आजबाट उपत्यकाका बागमती किनारमा रहेका सुकुम्वासी बस्ती हटाउन थालेको र सुकुम्वासीले प्रतिकार नगरी सहयोग गरेपछि सरकार बिजयी मुडतिर लागेको जनाउँदै एमाले महासचिव पोखरेलले भवश्यकमा आउनसक्ने निकै जटिल समस्यातिर संकेत गर्नुभएको हो ।
‘अदृष्य त्रास र आतंकको छायाँमा आदेश पालना भयो भनेर खुसी मनाउनेहरूले वर्षौंदेखिको बास छोड्न बाध्य भएका ती श्रमिकहरूको आँखा र अनुहारमा देखिएको पीडासमेत देख्न सक्नु पर्दछ,’ महासचिव पोखरेलले भन्नुभएको छ । उहाँले गरिव श्रमिकहरुको हातले नै देश बनेको तथ्य बुझन पनि आग्रह गर्नुभएको छ ।
‘यिनै गरिब श्रमिकहरूको हातले शहर उठ्यो, तिनकै पसिनाले सडक, बजार र बस्ती गुल्जार भए । आज उनीहरू बाध्य भएर वस्तीवाट टाढिँदै गर्दा केवल नियम पालना भएको उत्सव मनाउनु पर्याप्त होइन, उनीहरूको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो,’ पोखरेलले भन्नुभएको छ । उहाँले अघिल्ला सरकारले सुकुम्वासी समस्या समाधानको बिषयमा रहेका कानूनी अवरोध हटाएर पहल अघि बढाइसकेको भन्दै अव बालेन सरकारले निश्कर्षमा पुर्याउन ढिलाई गर्न नहुनमा पनि जोड दिनुभएको छ ।
‘पूर्ववर्ती सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानका लागि कानूनी जटिलता महसुस गरेर बलियो कानुन बनाई भूमि आयोगमार्फत समाधानको प्रक्रिया अघि बढाएको थियो । जनताको लोकप्रिय जनादेश पाएको वालेन सरकारले समस्याबाट आक्रान्त जनताको विश्वास र भरोसालाई सम्मान गर्दै अविलम्ब मानवीय व्यवहारका साथ न्यायोचित समाधान दिनु पर्दछ,’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भन्नुभएको छ, ‘विश्वास टुटेका मानिसहरूको विद्रोह कति विस्फोटक हुन्छ भन्ने कुरा वताइरहनु पर्ने विषय होइन ।’













प्रतिक्रिया दिनुहोस्