काठमाडौं, बैशाख १२ । प्रधानमन्त्री बालेन्द्र सा बालेन नेतृत्वको सरकारको बिधि र सुशासनको दावालाई सशस्त्र प्रहरी बलको डिआइजी र एसएसपीको बढुवाले उदांगो पारिदिएको छ ।
प्रधानमन्त्री बालेन आफैले सम्हाल्नुभएको गृह मन्त्रालय मातहतको बढुवा समितिले शुक्रवार सशस्त्र प्रहरीको एसएसपीबाट डिआइजीमा बढुवा गर्दा हाकाहाकी झेली काम गर्दै ‘योग्य र सिनियरलाई लात, नातेदार र भनसुनलाई क्याबात’को अवस्था बनाएको देखिएको हो ।
बढुवामा बालेन सरकारले २३ महिना सिनियर तीन एसएसपीलाई लात हानेर जुनियरलाई रोजेको छ । शुक्रवार साँझ सशस्त्र प्रहरी बलका ६ जना एसएसपी डीआईजी बढुवामा दिग्विजय सुवेदी, नेत्र कार्की, राजेश उप्रेती, माधव पौडेल, किरण बस्नेत र प्रविन कँडेल सिफारिस हुनुभएको छ ।
बढुवामा परेका एसएसपीद्वय राजेश उप्रेती र नेत्र कार्की तर बढुवामा २३ महिना सिनियर तीन जनालाई रोकेर डीआईजी बढुवा सिफारिस हुनुभएको हो । दुवै जना बालेनको जोडबलमा डीआईजी बढुवा सिफारिसमा पर्दा सिनियर कमल तिम्सिना, भूपेन्द्र केसी र निरकृष्ण अधिकारीमाथि अन्याय गरिएको छ ।
बढुवामा परेका एसएसपी नेत्र कार्की प्रधानमन्त्री बालेन नेतृत्वको सरकार बनाउन सवै सरकारी शक्ति लगाउनु भएकी निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको दवावमा बढुवा सिफारिशमा पर्नुभएको हो । उहाँ सुशिलाका नातेदार हुनुहुन्छ । यस्तै एसएसपी उप्रेती रास्वपाका प्रवक्ता मनिष झाका मित्र हुनुहुन्छ ।
सशस्त्रको बढुवा समितिले शुक्रबार राति नै ७ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । एसएसपी बढुवा सिफारिसमा पर्नेमा एसपी दिपककुमार थापा, सुधिर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्राङ्गत दहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्