जनता टाइम्स

१३ बैशाख २०८३, आईतवार ०७:१५

  सीमा मिचिँदा चियाउन समेत नसक्ने सरकारले आफ्नै नागरिकको घर भत्काएर बहादुरी देखायो : हर्क साम्पाङ 


काठमाडौं, वैशाख १३ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको पछिल्लो कदमप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सीमा सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार कमजोर देखिएको सरकार आफ्ना नागरिकको घर भत्काउन भने जोडतोडका साथ लागेको बताउनुभएको छ ।

उहाँले सीमा मिचिएको अवस्थासमेत प्रभावकारी रूपमा निगरानी गर्न नसक्ने सरकार आफ्नै नागरिकको घर भत्काउने कार्यमा भने ‘बहादुरी’ देखाइरहेको टिप्पणी गर्नुभएको छ। उहाँले यस्तो व्यवहारले सरकारको प्राथमिकता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताउनुभएको छ।  ‘सीमा मिचिएको चियाउन समेत नसक्ने, डरमान्ने सरकारले आफ्नै नागरिकको घर भत्काएर बहादुरी देखायो !’, साम्पाङ्ले लेख्नु भएको छ ।

उहाँले व्यङ्ग्यात्मक शैलीमा ‘विश्व कीर्तिमान राख्छ कि क्या हो गाउँले ?’ भन्ने अभिव्यक्ति प्रयोग गर्दै सरकारको कदमको आलोचना गर्नुभएको छ। साथै ‘स्याबास घण्टी छाप’ भन्दै उहाँले हालको शासकीय प्रवृत्तिप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ।