काठमाडौं, बैशाख १३ । सरकारले सुकुम्वासी बस्ती खाली गर्न २ हजार भन्दा बढी प्रहरी परिचालन गरेको छ । बन्दुतको नाल तेस्र्याएर बस्तीमा रहेका सुकुम्वासी भगाउन सरकारले ठूलो संख्यामा कमाण्डो प्राप्त प्रहरी परिचालन गरेको हो ।
प्रहरीको ठूलो उपस्थिति, नेपाली सेनासमेत युद्धको तयारी अवस्थामा पुगेपछि प्रहरीले बन्दुकको बलमा शान्तिपूर्ण रुपमा सुकुम्वासीलाई हटाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्कीका अनुसार अहिले शान्तिपूर्ण रुपमा बस्ती हटाउन काम भइरहेको छ ।
बस्ती हटाउन एआइजी कार्की आफै मनहरा बस्तीमा रहनुभएको छ । उहाँले आफैं फिल्डमा रहेको र शान्तिपूर्ण रुपमा सुकुम्वासी बस्ती हटाउने काम भइरहेको जानकारी दिनुभएको हो । शनिबार साँझ बस्ती हटाउने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि आज ठूलो संख्यामा आधुनिक हातहतियार सहित सुरक्षाकर्मी परिचालन गरिएको छ । सेना समेत हतियार सहित तैनाथ रहेको छ ।
प्रहरीका अनुसार करिब २ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत बस्तीका बासिन्दाको सामानहरू हटाउन सहयोग गरिरहेका छन् । यस्तै १२ वटा डोजरले मनोहरास्थित सुकुम्वासी बस्तीमा भत्काउने काम गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्