जनता टाइम्स

१३ बैशाख २०८३, आईतवार १५:०९

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भाेलि बस्ने


काठमाडौं, वैशाख १३ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भाेली अर्थात् वैशाख १४ गते बस्ने भएकाे छ। पार्टीका अनुसार बैठक सोमबार बिहान ११:०० बजे ललितपुरस्थित केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगरमा  बैठकआयोजना हुने भएको हाे।

का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको उल्लेख छ।

पार्टीले नियमित संगठनात्मक गतिविधिअन्तर्गत बैठक बस्न लागेको जनाएको छ।