काठमाडौं, वैशाख १३ । नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुंगेलले सुकुम्बासी बस्ती खाली गराउने क्रममा सक्रिय देखिएको सुरक्षा संयन्त्र राज्यका महत्वपूर्ण संरचना जोगाउन भने प्रभावकारी रूपमा परिचालित हुन नसकेको टिप्पणी गर्नुभएको छ।
उहाँले सुकुम्बासी बस्ती हटाउन सुरक्षा फौज परिचालन गरिएको प्रसंग उल्लेख गर्दै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन तथा राष्ट्रपति भवनजस्ता ऐतिहासिक र संवेदनशील संरचना जल्ने घटनामा भने त्यही स्तरको सुरक्षा परिचालन नदेखिएको गुनासो गर्नुभयो। “यदि त्यतिबेला पनि सुरक्षा संयन्त्र त्यस्तै सक्रियताका साथ परिचालित भएको भए ती महत्वपूर्ण संरचनाहरू क्षतिबाट जोगिन सक्थे,” उहाँको भनाइ छ।
ढुंगेलले राज्यका संरचना र सम्पदाको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायको भूमिका सन्तुलित र उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो। साथै, प्राथमिकतामा देखिएको असन्तुलनले राज्य संयन्त्रप्रति प्रश्न उठ्ने अवस्था सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्