ठमाडौं, वैशाख १४ ।नेपाली कांग्रेसले प्रतिनिधि सभामा संसदीय दलको नेताका रूपमा भीष्मराज आङ्देम्बे लाई चयन गर्ने तयारी गरेको छ।
लामो छलफलपछि आङ्देम्बेको नाममा सहमति जुटेको हो। दलको नेता चयनका लागि कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।
उक्त समितिले सहमति जुटाएर आङ्देम्बेको नाम पार्टी सभापति गगन थापा समक्ष पेश गरिसकेको छ। आजै बस्ने सांसदहरूको बैठकमा उक्त नाम अनुमोदन गराउने तयारी गरिएको छ।
दलको नेताका लागि आङ्देम्बेसँगै अर्जुननरसिंह केसी, मोहन आचार्य लगायतले दाबी गर्नु भएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्