काठमाडौं, वैशाख १४ । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चुनिनु भएकाे छ । उहाँ आज सर्वसम्मत रुपमा नेता चयन हुनुभएकाे हाे ।
पार्टी सभापति गगन थापाले उहाँलाई दलको नेतामा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो। आज बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको थियो।
लामो समयदेखि नेतृत्व चयनमा सहमति जुट्न नसकेको अवस्थामा अन्ततः कांग्रेसले सहमतिमै दलको नेता टुंगो लगाएको छ ।
अन्य राजनीतिक दलहरूले यसअघि नै आफ्ना संसदीय दलका नेता चयन गरिसकेका भए पनि कांग्रेसमा भने उक्त प्रक्रिया टुंगोमा पुग्न सकेको थिएन। अहिलेको निर्णयसँगै दलभित्रको नेतृत्व विवाद अन्त्य भएको विश्वास गरिएको छ।














प्रतिक्रिया दिनुहोस्