जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार १६:१६

कुन–कुन जिल्लामा भयो हिमपात ? हेर्नाेस फोटो फिचर


काठमाडौं, मंसिर २८ । शुक्रवार बिहानदेखि आएको मौसम परिवर्तनसँगै हिमाली भागमा भारी हिमपात भएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमका हिमाली जिल्लामा भारी हिमपात भएको हो । हिमपातले अधिकांश जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तस्विरमा यतो देखियो हिमपातको कहर :

जुम्लामा परेको हिउँ । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । तस्वीरः विजय रावत/रासस
जुम्लामा परेको हिउँ । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । तस्वीरः विजय रावत/रासस
जुम्लामा परेको हिउँ
ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ । शुक्रबादेखि भएको हिमपात कारण यहाँको जनजीवन प्रभावित बनेको छ । तस्वीर : पूर्णप्रसाद न्यौपाने/रासस
ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ
ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ
इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । तस्बिरः टीका खतिवडा/रासस
इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ
इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ
शुक्रबार दिउँसोदेखि लगातारको हिमपात पछि हिउँले ढाकिएको ताप्लेजुङको हिमाली वस्ति घुन्सा । शुक्रबार दिउँसोदेखि नै हिमपात हुँदा करिब–करिब डेढ फिट सम्म हिउँ जमेको स्थानीय भनाई छ । तस्वीर सौजन्य : टाँसी तेन्जिङ शेर्पा/रासस
इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ
मुस्ताङको सदरमुकाम जोमसोम बजारमा परेको हिमपात । हिमपात हुँदा मुस्ताङको जनजीवन कष्टकर बन्दै गएको छ । शुक्रबारदेखि यातायातका साधन बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन ।