काठमाडौं, वैशाख १५ । श्रमसंस्कृत पार्टीका अध्यक्ष हर्क साम्पाङले सहकारी पीडितको रकम फिर्ता गर्ने नाममा राज्यको विकास र सुशासनसम्बन्धी बजेट प्रयोग गर्न नहुने बताउनुभएको छ।
साम्पाङले सहकारी ठगी प्रकरणमा संलग्न व्यक्तिहरूबाटै रकम असुल गर्नुपर्ने धारणा व्यक्त गर्दै ठगीमा संलग्नहरूको सम्पत्ति लिलाम गरी पीडितलाई रकम फिर्ता गर्नुपर्ने बताउनुभयो। ‘सहकारी पीडितको पैसा फिर्ता गर्ने बहानामा राज्यको विकास र सुशासनको बजेट खर्च गर्न पाइँदैन,’ उहाँले भन्नुभएकाे छ, ‘ठगहरूको तीन पुस्तेसम्मको सम्पत्ति लिलाम गरेर पीडितलाई न्याय दिनुपर्छ।’
उहाँले राज्यले गलत अभ्यास बसाल्ने गरी करदाताको पैसा प्रयोग गरेर ठगीको क्षतिपूर्ति दिन नहुने उल्लेख गर्नुभयो। दोषीलाई कारबाही गरी उनीहरूबाटै क्षति असुल्नु नै न्यायसंगत उपाय हुने उहाँको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्