काठमाडौं, वैशाख १५। चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रको वृद्धि दर अपेक्षाकृत कम हुने संकेत देखिएको हो।
कार्यालयका अनुसार यस आर्थिक वर्षमा देशको कुल अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा भने ४.६१ प्रतिशत आर्थिक वृद्धिदर कायम रहँदा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको ६ देखि ८ महिनासम्मको वास्तविक तथ्यांक तथा बाँकी अवधिको अनुमानका आधारमा समग्र आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको जनाएको छ।
यसबीच विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यकालमा कोभिड–१९ महामारी र भूकम्पजस्ता चुनौतीका बीच पनि आर्थिक वृद्धिदर ७.५ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको थियो।
चालु आवमा आर्थिक वृद्धिदर घट्ने अनुमान सार्वजनिक भएसँगै देशको समग्र आर्थिक गतिविधि सुस्ताएको संकेत देखिएको छ। यसले लगानी, उत्पादन र रोजगारीमा समेत प्रभाव पार्ने चिन्ता व्यक्त गरिएको छ।













प्रतिक्रिया दिनुहोस्