काठमाडौं, वैशाख १५ । भारतबाट खरिद गरिने एकसय रुपैँयाभन्दा बढी मूल्यका सामानमा भन्सार लगाउने निर्णय कार्यान्वयनमा आएपछि नेपाल–भारत सम्बन्धमा चिसोपना देखिएको छ ।
भारतीय मिडियामा प्रकाशित समाचारअनुसार उक्त निर्णयपछि सीमावर्ती क्षेत्रमा साना किनमेल तथा दैनिक आवतजावतमा असर परेको उल्लेख गर्दै भारतीय पक्ष असन्तुष्ट बनेको छ। नेपाल सरकारकाे याे निर्णयले विशेषगरी सीमावर्ती बजारमा निर्भर सर्वसाधारण प्रभावित भएको दाबी गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र साह बालेन नेतृत्वको सरकारले भारतबाट ल्याइने एक सय रुपैँयाभन्दा बढी मूल्यका सामानमा भन्सार लाग्ने व्यवस्था लागू गरेको बताइएको छ। यो निर्णय कार्यान्वयनमा आएसँगै अनौपचारिक व्यापार नियन्त्रण गर्ने प्रयास गरिएको भारतीय पक्षकाे बुझाइ छ । जसले गर्दा नेपाली ब्यापारलाई लक्षित गरेर सीमा क्षेत्रमा खुलेका भरतिय बजारकाे ब्यापार ठप्प भएकाे छ ।
यद्यपि यस विषयमा नेपाल सरकारका आधिकारिक निकायबाट विस्तृत धारणा सार्वजनिक भइसकेको छैन। कूटनीतिक रूपमा यसको असर कस्तो पर्ने भन्ने विषयमा पनि स्पष्टता आउन बाँकी छ।
सीमासम्बन्धी नीति र व्यापार व्यवस्थापनका कारण छिमेकी मुलुकसँग सम्बन्धमा संवेदनशीलता आवश्यक हुने भन्दै विज्ञहरूले यस्ता निर्णयहरू दीर्घकालीन असर विचार गरेर लिनुपर्ने सुझाव दिएका छन्।














प्रतिक्रिया दिनुहोस्