काठमाडौं, बैशाख १६ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राजीनामा दिनुभएको छ । कांग्रेस सभापति गगन थापाको लगातारको आक्रमणपछि गुरुङले पद नै त्याग्नुभएको हो । उहाँले बुधवार राजीनामा दिनुभएको छ ।
पार्टी सभापति थापालाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा भनिएको छ, ‘पार्टी निर्माणको अभियानमा सहज वातावरण बनोस् भन्ने विश्वासका साथ मैले नेपाल तरुण दलको अध्यक्ष पदबाट राजीनामा दिएको छु ।’
यद्यपि, आगामी दिनमा ठोस राजनीतिक परिकल्पना र स्पष्ट कार्यदिशासहित पार्टीप्रति पूर्ण निष्ठावान भई काम गर्ने गुरुङको प्रतिबद्धता छ । गुरुङ १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको समयमा २०७८ फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।
राजीनामा दिने क्रममा गुरुङले आफूलाई सो जिम्मेवारी दिने पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई धन्यवाद दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्