जनता टाइम्स

१६ बैशाख २०८३, बुधबार १८:४२

एमाले नेता ऐन महरविरुद्ध रश्मिला धामीको यौनशोषण सम्बन्धी रिट खारेज, सरकारी वकिलकै निर्णय सदर


काठमाडौं, बैशाख १६ । आफूमाथि यौनशोषण र जबरजस्ती करणीको दाबीसहित बmभङकी युवती रश्मिला धामीले एमाले नेता ऐन महरविरुद्ध दायर गरेको रिट खारेज भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले बुधवार रश्मिलाको रिट खारेज गरेको हो । रश्मिलाले महरविरुद्ध सुरूमा दिएको उजुरीउपर मुद्दा नचलाउने सरकारी वकीलको कार्यालयले निर्णय गरेको थियो । सरकारी वकील कार्यालयको सो निर्णयविरुद्ध रश्मिलाले उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो ।

अदालतमा रिट बिचाराधीण रहेकै अवस्थामा धामी माइतीघरमा महरलाई बलात्कारीको आक्षेप लगाएर अनसन बस्नुभएको थियो । तर अदालतले प्रमाण नपुगेको र नियत सही नभएको भन्ने सरकारी वकिलकै निर्णयलाई सदर गरेको हो ।

एमाले संसदीय प्रमुख सचेतक समेत रहेका महरका कानुन व्यवसायी राजाराम घिमिरेले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारी अनुसार उच्च अदालतले रश्मिलाको दाबीको प्रमाण नपुग्ने भन्दै रिट खारेज गरेको बताउनु भयो ।