काठमाडौं, बैशाख १६ । मारवाडी ब्यापारीलाई धम्क्याएको अभियोगमा पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङ्गेलाई पदमुक्त भएका निवर्तमान गृहमन्त्री सुधन गुरुङको ठाडो आदेशमा छाडिएको तथ्य खुलेको छ ।
लेनदेनमा धम्की दिएको विषयमा सोमबार साँझ पक्राउ परेका मनाङ्गेलाई रास्वपा सांसद तथा आठ दिन अघि पदमुक्त हुनुभएका सुधनको फोनले चार घन्टापछि छाडिएको पाइएको हो ।मनाङ्गेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ नियन्त्रणमा लिएको थियो ।
सो कार्यालयका एक अधिकृतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार मनाङ्गेलाई एक मारवाडी ब्यापारीको लेनदेन विवादमा नियन्त्रणमा लिइएको थियो । मारवाडी ब्यापारीको मौखिक उजुरीमा पक्राउ गरिएका मनाङ्गे पूर्वगृहमन्त्री सुधन गुरुङको दबाबमा चार घन्टामै छाडनु परेको हो ।
‘अरु कुरा जान्दित तुरुन्त छाडनू भन्दै धम्क्याउने काम भयो, सत्तारुढ दलको नेता र गृहमै फर्कन्छु भन्दै मन्त्री जसरी आदेश दिएपछि एसएसपी सापले थाम्न सक्नुभएन,’ जनताटाइम्स डटकमको जिज्ञासामा ती अधिकृतले भन्नुभयाे ।
सुधनको दवावमा छाडनु परेपछि प्रहरीले आफ्नो लाज छोप्न मनाङ्गेलाई पक्राउ गरिएको नभई आफैँ आएको भन्दै औपचारिक जवाफ दिने गरेको छ ।
पूर्वगृहमन्त्री सुधन विगतमा मनाङ्गेकै आडमा राजधानीमा आफ्नो धन्दा चलाउने गर्नुभएको थियो । मनाङका राजीव गुरुङ उर्फ दिपक मनाङ्गे र गोरखाका सुधनबीच पुरानै नाता सम्बन्ध रहेको छ ।













प्रतिक्रिया दिनुहोस्