काठमाडौं, वैशाख १७। नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिकलाई लिएर आन्तरिक विवाद चर्किएको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले सदस्यता अद्यावधिक नगर्न आग्रह गर्दै सभापति गगन थापा पक्षको कदमप्रति असहमति जनाएको छ।
देउवा पक्षका नेताहरूको भेलाले पार्टीको विधानअनुसार सदस्यता नवीकरणको प्रक्रिया लगभग सम्पन्न भइसकेको निष्कर्ष निकालेको छ। उक्त भेलाको नेतृत्व पूर्णबहादुर खड्काले गर्नुभएको थियो। खड्काद्वारा जारी विज्ञप्तिमा ‘१५ औँ महाधिवेशनको कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण तथा वितरण कार्य करिब सम्पन्न भइसकेको अवस्थामा फेरि अद्यावधिकका नाममा पूर्वाग्रही ढङ्गले सदस्यता खारेज गर्ने प्रयास सरासर गलत रहेको’ उल्लेख गरिएको छ।
उक्त समूहले अद्यावधिकको नाममा बदनियतपूर्ण कार्य भइरहेको आरोप लगाउँदै यस्तो प्रक्रिया नगर्न र नगराउन पार्टी पंक्तिलाई आग्रह गरेको छ। साथै, थापा पक्षले अद्यावधिक प्रक्रियाका आधारमा अगाडि बढाउने महाधिवेशनलाई समेत स्वीकार नगर्ने संकेत देउवा पक्षले गरेको छ।
पार्टीभित्र देखिएको यो विवादले आगामी महाधिवेशनको वैधता र एकताको प्रश्नलाई थप जटिल बनाउने संकेत देखिएको छ।













प्रतिक्रिया दिनुहोस्