काठमाडौं, वैशाख १७। एमाले नेता सूर्य थापाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश रामचन्द्र पौडेलबाट जारी नहुने दाबी गर्नुभएको छ।
उहाँले संसदबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको संवैधानिक परिषद् सम्बन्धी विधेयक, २०८१ राष्ट्रपतिले फिर्ता गरिसकेको अवस्थामा सोही विषयवस्तु समेटिएको अध्यादेश सहजै जारी नहुने तर्क गर्नुभएको छ । ‘संसद्ले पारित गरी प्रमाणीकरण गर्न पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक, २०८१ फिर्ता गरेका राष्ट्रपति रामचन्द्र पौडेलले सोही अध्यादेश खुरुक्क जारी गर्ने छैनन्’, उहाँको दाबी छ ।
सरकारले अन्य अध्यादेशसँगै उक्त अध्यादेश पनि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको छ। तर राष्ट्रपति पौडेलले यसअघि लिएको अडानका आधारमा उक्त अध्यादेश जारी नगर्ने उहाँको दाबी छ।
थापाले विधेयक फिर्ता गरेको विषय र अध्यादेशमार्फत सोही व्यवस्था अघि बढाउने प्रयासबिच विरोधाभास देखिने उल्लेख गर्दै संवैधानिक प्रक्रियाको सम्मान आवश्यक रहेको बताउनुभयो। सरकारले संसद् अधिवेशन नै रोकेर राष्ट्रपति समक्ष पठाएका अध्यादेश जारी हुन्छन् कि हुँदैनन् भन्ने विषय अहिले राजनीतिमा सबैभन्दा चर्चामा छ ।














प्रतिक्रिया दिनुहोस्