जनता टाइम्स

१७ बैशाख २०८३, बिहीबार १९:५६

राष्ट्रपतिद्वारा सहकारी संशोधन अध्यादेश मात्रै जारी, अन्य ५ अध्यादेश रोकिए


काठमाडौं, वैशाख १७। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ मध्ये एउटा मात्र अध्यादेश जारी गर्नुभएकाे छ। सरकारको सिफारिसअनुसार ‘सहकारी ऐन पहिलो संशोधन अध्यादेश’ मात्रै जारी भएको हो।

सरकारले संवैधानिक परिषद् अध्यादेश, सहकारी ऐन संशोधन अध्यादेश, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्यादेश, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

तर राष्ट्रपतिले तीमध्ये सहकारीसम्बन्धी अध्यादेश मात्र जारी गर्नु भएकाे हाे । अन्य ५ अध्यादेश तत्कालका लागि रोकिएका छन्।